BIZMANDU
www.bizmandu.com

अरुण काबेली पावरले ल्यायो १ करोड ८५ लाख कित्ता हकप्रद, सेयरधनीलाई बिक्री खुला

२०८० भदौ ११

अरुण काबेली पावरले ल्यायो १ करोड ८५ लाख कित्ता हकप्रद, सेयरधनीलाई बिक्री खुला
अरुण काबेली पावरले ल्यायो १ करोड ८५ लाख कित्ता हकप्रद, सेयरधनीलाई बिक्री खुला


काठमाडौं। अरुण काबेली पावर लिमिटेडले सोमबार हकप्रद सेयरको बिक्री खुला गरेको छ। कम्पनीले १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो।

Tata
GBIME
NLIC

कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद सेयर ल्याएको छ। उक्त हकप्रद सेयरमा असार २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्। आवेदन भदौ ३१ गतेसम्म दिन सकिन्छ।

कम्पनीले उक्त हकप्रद सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्दैछ।

हकप्रद निष्कासनका लागि कम्पनीले रेटिङमा इक्रा नेपालबाट इक्राएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ प्राप्त गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत सुरक्षित रहेको संकेत गर्दछ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छ।

अरुण काबेली पावर लिमिटेड कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ छ। हकप्रद बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ।