BIZMANDU
www.bizmandu.com

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परिसंघको आग्रह, वैदेशिक लगानीका लागि नीतिगत स्थायित्वमा जोड 

२०८० भदौ १०

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परिसंघको आग्रह, वैदेशिक लगानीका लागि नीतिगत स्थायित्वमा जोड 
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परिसंघको आग्रह, वैदेशिक लगानीका लागि नीतिगत स्थायित्वमा जोड 


काठमाडौं। नेपाल उद्योग परिसंघले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ। आइतबार परराष्ट्र मन्त्री एनपी साउदसँगको भेटमा परिसंघको टोलीले वैदेशिक लगानी भित्र्याउन, पर्यटन तथा स्वदेशी वस्तुको प्रवर्द्धनलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो। विदेशस्थित नेपाली दूतावासमार्फत यस्तो पहलको आग्रह परिसंघले गरेको हो। 

Tata
GBIME
NLIC

अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले मन्त्री साउदसँग भेट गरेको हो। 

भेटमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थायित्व, सहज व्यावसायिक वातावरण र छिटो छरितो निर्णय गर्ने संयन्त्र आवश्यक रहेको पनि परिसंघको ध्यानाकर्षण छ। नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यावसायिक सम्बन्ध आवश्यक भएको परिसंघको सुझाव छ। 

परिसंघले भारतदेखि विराटनगरसम्म सुरु भएको कार्गो रेल्वे सेवा सञ्चालनको निरन्तरता, भारतमा नेपाली मालवाहक तथा अन्य सवारीसाधनको सहज आवतजावत लगायतबारे पनि ध्यानाकर्षण गराएको छ। 

भेटमा मन्त्री साउदले परिसंघले उठाएका विषयलाई प्राथमिकतामा राख्ने बताए। छलफलमा परिसंघका उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे तथा महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए।