BIZMANDU
www.bizmandu.com

यामाहाका बाइक तथा स्कुटरको मूल्यमा वृद्धि, मोडलअनुसार १० हजार रुपैयाँसम्म बढ्यो

२०८० भदौ १०

यामाहाका बाइक तथा स्कुटरको मूल्यमा वृद्धि, मोडलअनुसार १० हजार रुपैयाँसम्म बढ्यो
यामाहाका बाइक तथा स्कुटरको मूल्यमा वृद्धि, मोडलअनुसार १० हजार रुपैयाँसम्म बढ्यो

काठमाडौं। यामाहा बाइक तथा स्कुटरको मूल्य बढेको छ। नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले मूल्य बढाएको हो।

Tata
GBIME

कम्पनीले नेपाली बजारमा बिक्री भइरहेका यामाहाको बाइक तथा स्कुटरहरुमा १ हजारदेखि १० हजारसम्मले मूल्य बढाएको कम्पनीका सीइओ राजु क्षेत्रीले बताए।

उनका अनुसार एफजेड भी टु मोडलमा १० हजार रुपैयाँ मूल्य बढेको छ। यस्तै अन्य स्कुटर र इन्ट्री लेभलका बाइकको मूल्य भने २ हजारदेखि ५ हजारसम्मले बढेको उनले बताए।

एफजेडएस भी टु मोडलको नयाँ मूल्य ३ लाख ६४ हजार ९०० रुपैयाँ कायम गरिएको उनले बताए। यस्तै एफजेड भी टूको नयाँ मूल्य ३ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ।

कम्पनीले अहिले १० वटा मोडलको बाइक र ५ वटा मोडलका स्कुटरहरु बिक्री गर्दै आएको छ।