BIZMANDU
www.bizmandu.com

ङादी ग्रुप पावरलाई हकप्रद निष्कासन गर्न विद्युत् नियमन आयोगको स्वीकृति

२०८० भदौ १०

ङादी ग्रुप पावरलाई हकप्रद निष्कासन गर्न विद्युत् नियमन आयोगको स्वीकृति
ङादी ग्रुप पावरलाई हकप्रद निष्कासन गर्न विद्युत् नियमन आयोगको स्वीकृति

काठमाडौं। ङादी ग्रुप पावर लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि पूर्व स्वीकृति पाएको छ। कम्पनीले भदौ ७ गते शुक्रबार विद्युत् नियमन आयोगबाट हकप्रद सेयर निष्कासनको पूर्व स्वीकृति पाएको हो।

Tata
GBIME

कम्पनीले साउन २२ गते हकप्रद सेयर निष्कासन गर्न आयोगमा स्वीकृति दिएको थियो। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड छ। कम्पनीले यसको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न पूर्व स्वीकृति पाएको हो।

कम्पनीले आगामी वार्षिक साधारण सभाबाट हकप्रद ल्याउने प्रस्ताव पारित गरी नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिका लागि निवेदन दिनेछ। बोर्डबाट अन्तिम स्वीकृति पाएपछि मात्र कम्पनीले सो हकप्रद सेयर निष्कासन गर्ने छ।

यस कम्पनीले ४.९५ मेगावाट क्षमताको सिउरीखोला जलविद्युत् आयोजनाको प्रवर्द्धन गरेको छ।