BIZMANDU
www.bizmandu.com

चीन भ्रमणमा निस्किँदै अमेरिकी वाणिज्य मन्त्री राइमन्डो, बाइडेन प्रशासनको चौथो उच्च अधिकारी

२०८० भदौ ९

चीन भ्रमणमा निस्किँदै अमेरिकी वाणिज्य मन्त्री राइमन्डो, बाइडेन प्रशासनको चौथो उच्च अधिकारी
चीन भ्रमणमा निस्किँदै अमेरिकी वाणिज्य मन्त्री राइमन्डो, बाइडेन प्रशासनको चौथो उच्च अधिकारी


सांघाईः अमेरिकी वाणिज्य मन्त्री गिना राइमन्डो चार दिने भ्रमणका लागि आइतबार चीन आउने भएकी छन्। दुई देशबीच व्यापार युद्ध चलिरहेको अवस्थामा पछिल्लो तीन महिनामा बेइजिङमा आउने उनी बाइडेन प्रशासनको चौथो उच्च अधिकारी हुन्।

Tata
GBIME
NLIC

यसअघि जुनमा अमेरिकी विदेश मन्त्री, जुलाइमा अर्थमन्त्रीले बेइजिङको भ्रमण गरेका थिए। त्यस्तै बाइडेन प्रशासनका जलवायु विशेष दूतले पनि बेइजिङको भ्रमण गरिसकेका छन्।

चीनमा रहँदा वाणिज्य मन्त्री राइमोन्डोले चीन सरकरका उच्च अधिकारीसँग भेट गर्नेछिन्। उनले बेइजिङसँगै व्यापारिक शहर सांघाइको समेत भ्रमण गर्ने अमेरिकी वाणिज्य मन्त्रालयले जनाएको छ।

राइमोन्डोले अमेरिका-चीन व्यापारिक सम्बन्ध सम्बन्धित समस्याहरूको समाधानका लागि रचनात्मक छलफल गर्ने मन्त्रालयले जनाएको छ। गत वर्ष नोभेम्बरमा बालीमा सम्पन्न जी २० सम्मेलन साइडलाइनमा भएको राष्ट्रपति सि चिनफिङ र जो बाइडेनबीचको छलफलमा भएको सहमति अनुसार भ्रमण हुन लागेको मन्त्रालयले जनाएको छ।

यसबीच पछिल्लो तीन महिनामा चार अमेरिकी उच्च अधिकारी बेइजिङमा आउँदै गर्दा बेइजिङबाट वासिङ्टनको भ्रमणमा चिनियाँ अधिकारी गएका छैनन्। यस विषयमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले यस विषयमा दुई देशका अधिकारी सम्पर्कमा रहेको बताएका छन्।