BIZMANDU
www.bizmandu.com

७७ वटै जिल्लामा सार्वजनिक निजी साझेदारीका आयोजना सञ्चालन गर्न ढकालको प्रस्ताव

२०८० भदौ ९

७७ वटै जिल्लामा सार्वजनिक निजी साझेदारीका आयोजना सञ्चालन गर्न ढकालको प्रस्ताव
७७ वटै जिल्लामा सार्वजनिक निजी साझेदारीका आयोजना सञ्चालन गर्न ढकालको प्रस्ताव


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका ७७ वटै जिल्लामा कम्तिमा एउटा वृहत व्यावसायिक आयोजना सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

Tata
GBIME
NLIC

जिल्ला समन्वय समिति महासंघले शनिबार काठमाडौंमा गरेको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आर्थिक गतिविधि बढाउन हरेक जिल्लामा सार्वजनिक निजी साझेदारीमा कम्तिमा एउटा व्यावसायिक आयोजना आवश्यक रहेको बताएका हुन्। ‘यस्ता व्यावसायिक आयोजना संचालन गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारले पहल गर्नुपर्छ’, उनले भने।

जिल्लामा उपलब्ध स्रोतसाधन सदुपयोग गरी रोजगारी सृजना र स्थानीयरुपमा राजस्व बढाउन त्यस्ता आयोजनाबाट सहयोग पुग्ने उनको भनाइ छ। उनले आर्थिक गतिविधि बढाउने खालका त्यस्ता आयोजना सञ्चालनका लागि महासंघ र जिल्ला उद्योग वाणिज्य संघ सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताए।