BIZMANDU
www.bizmandu.com

साइन रेसुंगा बैंकको २० हजार कित्ता संस्थापक सेयर बोलकबोलमा, प्रतिकित्ता न्यूनतम १४५ रुपैयाँ

२०८० भदौ ८

साइन रेसुंगा बैंकको २० हजार कित्ता संस्थापक सेयर बोलकबोलमा, प्रतिकित्ता न्यूनतम १४५ रुपैयाँ
साइन रेसुंगा बैंकको २० हजार कित्ता संस्थापक सेयर बोलकबोलमा, प्रतिकित्ता न्यूनतम १४५ रुपैयाँ

काठमाडौं। साइन रेसुंगा डेभलपमेन्ट बैंकले बोलकबोलमार्फत संस्थापक सेयर बिक्री गर्ने भएको छ।

Tata
GBIME

बैंकले संस्थापक समूहको २० हजार कित्ता सेयर बेच्ने भएको हो। बिक्रीका लागि शुक्रबार बोलकबोलमार्फत गोप्य सिलबन्दी बोलपत्र आह्‍वान गरेको छ।

बैंकले उक्त सेयरको न्यूनतम मूल्य प्रति कित्ता १४५ रुपैयाँ तोकेको छ। सेयर खरिदका लागि बोलपत्र पेस गर्ने लगानीकर्ताहरुले उक्त मूल्यभन्दा कम नहुने गरी आवेदन दिनु पर्नेछ।

सेयर खरिदका लागि योग्य तथा इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।

आवेदन एनआइसी एसिया क्यापिटलको कार्यालयबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ। आवेदन भदौ १७ गतेसम्म दिन सकिन्छ। आवेदन न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पेस गर्न सकिन्छ।