BIZMANDU
www.bizmandu.com

प्रतिनिधि सभामा सांसद श्रेष्ठको प्रश्न- राजस्व तिरेर जग्गा किन्दा मीनबहादुर कसरी दोषी भए?

२०८० भदौ ७

प्रतिनिधि सभामा सांसद श्रेष्ठको प्रश्न- राजस्व तिरेर जग्गा किन्दा मीनबहादुर कसरी दोषी भए?
प्रतिनिधि सभामा सांसद श्रेष्ठको प्रश्न- राजस्व तिरेर जग्गा किन्दा मीनबहादुर कसरी दोषी भए?

काठमाडौं। ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई हिरासतमा राखिएकामा सत्तारुढ दलकै सांसदले विरोध गरेका छन्।

Tata
GBIME

नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले प्रतिनिधि सभाको बिहिबारको बैठकमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)माथि व्यवसायी गुरुङलाई अपराधीजस्तो व्यवहार गरेको आरोप लगाएका हुन्।

‘राजस्व तिरेर जग्गा किन्दा मीनबहादुर कसरी दोषी भए?’, प्रश्‍न गर्दै सांसद श्रेष्ठले भने, ‘आफूलाई मन परेन भनेर ललिता निवास प्रकरणका आरोपी मीनबहादुरमाथि अपराधीलाई जस्तो व्यवहार भयो। व्यावसायिक तथा व्यक्तिगत मान प्रतिष्ठामा असर पार्ने अतिवादी सोच देखियो।’

सीआईबीले व्यवसायी गुरुङलाई असार १२ गते पक्राउ गरेको थियो। उनीमाथि किर्ते गरेर ललिता निवासको २९ रोपनी जग्गा हात पारेको आरोपसहित मुद्दा दायर गर्न सीआईबीले मंगलबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइ सकेको छ। प्रतिवेदनमा गुरुङलाई ललिता निवासको जग्गा हडप्ने मुख्य योजनाकार भनिएको छ।