काठमाडौं । फोटोनको विद्युतीय भ्यान र इभी ट्रक नेपालमा बिक्री सुरु हुने भएको छ। फोटोनको नेपालको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्सले नाडा अटो शोमा यो दुबै गाडी सार्वजनिक गर्दैछ।
कम्पनीका अनुसार इभी भ्यान १४-१५ सिटको हुनेछ। कम्पनीले इभी ट्रक (टीएम -१) नेपालको भुगोल सुहाउँदो रहेको दाबी गरेको छ।
कम्पनीले यो गाडी बिक्री सुरु गर्नुअघि तीन महिनासम्म मुलुकका विभिन्न क्षेत्रमा परीक्षण गरेको जनाएको छ। कम्पनीले नाडा अटो शोमा विशेष छुटसहित ट्रक र भ्यान बिक्री गर्ने जानकारी दिएको छ।