BIZMANDU
www.bizmandu.com

चन्द्रमामा पुग्ने चौथो देश बन्यो भारत, मोदीले घोषणा गरे सूर्यको अध्ययन गर्ने मिसन

२०८० भदौ ६

चन्द्रमामा पुग्ने चौथो देश बन्यो भारत, मोदीले घोषणा गरे सूर्यको अध्ययन गर्ने मिसन
चन्द्रमामा पुग्ने चौथो देश बन्यो भारत, मोदीले घोषणा गरे सूर्यको अध्ययन गर्ने मिसन


भारतको चन्द्रयान-३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ। यससँगै भारत चन्द्रमाको सतहमा सफल अवतरण गर्ने चौथो देश बनेको छ।

Tata
GBIME
NLIC

जुलाई १४ मा भारतबाट प्रक्षेपण गरिएको चन्द्रयान बुधबार साँझ चन्द्रमामा अवतरण गरेको हो। यसअघि चन्द्रमामा अमेरिका, चीन र रसियाको यान अवतरण भएका थिए।

भारतको अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो)ले चन्द्रयानको अवतरणको प्रत्यक्ष प्रशारण गरेको थियो। दक्षिणी ध्रुवमा भने पहिलोपटक कुनै देशको यान अवतरण गरेको हो। हुनत: रसियाले लूना  २५ यानलाई दक्षिण ध्रुबमा अवतरण गराउन खोजेको थियो। तर रसिया त्यसमा सफल हुन सकेन। त्यसैले चन्द्रमाको दक्षिणी ध्रुव पुग्ने पहिलो देश बन्दै भारतले इतिहास रचेको छ।

चन्द्रयान-३ को सफल अवतरणसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वैज्ञानिकहरुलाई धन्यवाद व्यक्त गरेका छन्। उनले अन्तरिक्षमा नयाँ खोजको लागि भारत अब अघि बढ्ने समेत बताएका छन्।

दक्षिण अफ्रिकामा ब्रिक्स सम्मेलनमा सहभागी हुन पुगेका मोदीले भिडियो सन्देशमार्फत अब भारतको अध्ययन सूर्यमा केन्द्रित हुने बताए। सूर्यको अध्ययनका लागि इसरो आदित्य एल-वन मिसन सुरु गरिने घोषणा मोदीले गरेका छन्। दक्षिण अफ्रिकाबाटै मोदीले चन्द्रयान-३ को अवतरणको प्रत्यक्ष प्रशारण इसरोका वैज्ञानिकहरुसँगै हेरेका थिए।

इसरोले चन्द्रयानको विशेषगरी ३ वटा उद्देश्य रहेको जनाएको छ। पहिलो दक्षिण ध्रवमा सफ्ट ल्यान्डिङ गराउने, जुन सफल भइसकेको छ। अब चन्द्रमाको सतह भनिने रेजोलिथमा ल्यान्डर उतार्ने र ल्यान्डर र रोवर्सबाट चन्द्रमाको सतहबाट अध्ययन गरिनेछ।

हेर्नुस् चन्द्रमाको दक्षिणी ध्रुबमा चन्द्रयान-३ अवतरण हुँदाको क्षण :