BIZMANDU
www.bizmandu.com

इन्दुको अलराउण्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित, कुवेत ३४ रनले पराजित

२०८० भदौ ६

इन्दुको अलराउण्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित, कुवेत ३४ रनले पराजित
इन्दुको अलराउण्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित, कुवेत ३४ रनले पराजित

काठमाडौं। मलेसियामा जारी ४ देश सम्मिलित टी २० सिरिजमा नेपाली महिला टोलीले लगातार दोस्रो जित निकालेको छ। क्वालालम्पुरस्थित वायुमास ओभलमा सम्पन्न खेलमा कुवेतलाई ३४ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो।

Tata
GBIME

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो। नेपालका लागि इन्दु वर्माले सर्वाधिक २३ रन बनाउँदा विन्दु रावलले २० तथा काजल श्रेष्ठले अविजित १९ रन बनाइन्।

बलिङतर्फ कुवेतकी मारिम्मा हैदरले ४ विकेट लिँदा मार्यम ओमरले २ तथा प्रियादा मुरली र खादिजा खालिलले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कुवेत ८ विकेट गुमाएर ५५ रनमा समेटियो। कुवेतका लागि जेफा जिलनीले ११ तथा खादिजा खालिलले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन छुन सकेनन्। कुवेतलाई लक्ष्यसम्म पुग्न नदिन नेपालकी इन्दु वर्माले सर्वाधिक ३ विकेट लिँदा खुशी डंगोलले दुई, इश्वरी बिस्ट र कविता कुँवरले समान एक-एक विकेट लिए।

अघिल्लो खेलमा नेपालले हङकङलाई हराउँदै सिरिजको सुखद सुरुवात गरेको थियो। अर्को खेलमा नेपालले शुक्रवार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। शनिवार फाइनल खेल हुनेछ।

त्यसपछि नेपालले आईसीसी टी २० विश्वकप छनोट खेल्दैछ। प्रतियोगितामा नेपालले यूएई, कतार, मलेसिया, भुटान र बहराइनसँग खेल्नेछ। यसको तयारीमा नेपाली टोली सिरिजमा जुटेको हो। यो प्रतियोगिता अगस्ट २८ बाट सेप्टेम्बर ६ सम्म मलेसियामा हुनेछ।