BIZMANDU
www.bizmandu.com

सानिमा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा मासिक छुट, कार्डबाट भुक्तानी गर्दा कति ?

२०८० भदौ ६

सानिमा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा मासिक छुट, कार्डबाट भुक्तानी गर्दा कति ?
सानिमा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा मासिक छुट, कार्डबाट भुक्तानी गर्दा कति ?


काठमाडौं। सानिमा बैंकले दराजसँग मिलेर ‘दराज मन्थ्ली पेड’ अन्तर्गत विशेष छुट दिने भएको छ।

Tata
GBIME
NLIC

बैंकका ग्राहकहरुले बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा भदौ २०८० देखि साउन २०८१ सम्म हरेक महिनाको ७ गते विशेष छुट पाउने बैंकले जनाएको छ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम ७५० रुपैयाँसम्म छुट पाउने छन्। छुट पाउन ग्राहकहरुले दराज एपमा भौचर संकलन गर्नुपर्ने बैंकले जनाएको छ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (इएमआई) सुविधा पनि लिन सक्छन्। उक्त छुट पाउन बैंकका ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गर्नुपर्ने सर्त राखिएको छ। अनलाइन पेमेन्ट सेवा सुचारु गर्ने प्रक्रियाको भिडियो सानिमा बैंकको आधिकारिक युट्युब च्यानलमा राखिएको छ।