BIZMANDU
www.bizmandu.com

आर्थिक वर्षको पहिलो महिना साउनमा मात्र ३४ करोड बराबरको ११० युनिट विद्युतीय गाडी आयात

२०८० भदौ ६

आर्थिक वर्षको पहिलो महिना साउनमा मात्र ३४ करोड बराबरको ११० युनिट विद्युतीय गाडी आयात
आर्थिक वर्षको पहिलो महिना साउनमा मात्र ३४ करोड बराबरको ११० युनिट विद्युतीय गाडी आयात

काठमाडौं। आर्थिक वर्षको पहिलो महिना साउनमा मात्र मुलुकमा ३४ करोड बराबरको विद्युतीय सवारी आयात भएको छ। विद्युतीय कार, जीप र भ्यान गरी ११० युनिट भित्रिएको हो।

Tata
GBIME
NLIC

भन्सार विभागको तथ्यांकअनुसार साउनमा आयातित विद्युतीय सवारी ३४ करोड ६१ लाख रुपैयाँ बराबर मूल्यांकनको छ।

जसबाट सरकारले १८ करोड २३ लाख रुपैयाँ भन्सार शुल्क असुली गरेको छ। यसमा ५० किलोवाटसम्मको २१ युनिट, ५१ देखि १०० किलोवाटसम्मको ८१ वटा, १०१ देखि २०० किलोवाटसम्मको ५ युनिट र २०१ देखि ३०० किलोवाटसम्मको ३ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्।

यसैगरी एसेम्बल गर्ने र तयारी अवस्थाका १० करोड ९७ लाख बराबरका १ हजार २७ युनिट तीन पाङ्ग्रे सवारी आयात भएका छन्। जस बाट सरकारले ३ करोड ६५ लाख रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।

यस्तै इन्धन बस, प्यासेन्जर र हाइब्रिड कार गरी लगभग ६५ करोड ६७ लाख रुपैयाँ बराबरको ५०१ युनिट चारपाङ्ग्रे इन्धन सवारी साधन आयात भएको भन्सार विभागले जनाएको छ। जसबाट सरकारले १ अर्ब २४ करोड राजश्व संकलन गरेको छ।  

यस्तै दुई पाङ्ग्रे सवारीसाधन १ अर्ब ३९ करोड बराबरको १२ हजार युनिट आयात भएको छ। यसबाट सरकारले १ अर्ब ४१ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।