BIZMANDU
www.bizmandu.com

सुन तस्करीबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति, भेपबारे पनि अनुसन्धान हुने

२०८० भदौ ६

सुन तस्करीबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति, भेपबारे पनि अनुसन्धान हुने
सुन तस्करीबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति, भेपबारे पनि अनुसन्धान हुने


काठमाडौं। संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलहरुबीच सुन तस्करीबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ। आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा दलहरुबीच तस्करी नियन्त्रणका लागि आवश्यक कानुन र संरचना निर्माण गर्नेबारे पनि सहमति भएको छ।

Tata
GBIME
NLIC

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट नियन्त्रणमा लिएको थियो। त्यसबेला ब्रेक शु भित्र करिब सय किलो ल्याइएको बताइए पनि पछि सुन पगालेर जोख्दा ब्रेक शुभित्र रहेको सुनको तौल ६० किलो ७८९ ग्राम रहेको खुलेको थियो।

यही विषयलाई मुद्दा बनाएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले सदन अवरुद्ध गर्दै आएको थियो। उसले यो प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरेको थियो।

अहिले सुन प्रकरणको छानबिन सीआइबीले गरिरहेको छ। यो प्रकरणमा २३ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

आज बसेको बैठकको निर्णय अनुसार सीआइबीले छानबिन सकाएपछि आयोग गठन हुनेछ। असोज ५ गते आयोग गठन गरेर काम सुरु गर्ने जनाइएको छ।

यस्तै, भेपभित्र सुन राखेर ल्याएको विषयमा पनि आयोगले खोजबिन गर्ने भएको छ।

यो सहमतिसँगै अब संसदको अवरोध हट्ने भएको छ।