BIZMANDU
www.bizmandu.com

बजाज डोमिनार २५० मा ४५ हजार रुपैयाँ घट्यो, इन्ट्री लेभलमा भने ४ हजारसम्म वृद्धि

२०८० भदौ ६

बजाज डोमिनार २५० मा ४५ हजार रुपैयाँ घट्यो, इन्ट्री लेभलमा भने ४ हजारसम्म वृद्धि
Dominar 250 Drift


काठमाडौं। बजाज डोमिनार २५० एबीएस बीएस-६ मोडलको मूल्य घटेको छ। बजाजका मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले डोमिनार २५० एबीएस बीएस-६ मोडलको बिक्री मूल्य घटाएको हो।

Tata
GBIME
NLIC

एचएच बजाजका असिस्टेन्ट जनरल म्यानेजर अमितराज चालिसेका अनुसार कम्पनीले डोमिनारको मूल्य ४५ हजार रुपैयाँले घटाएको छ। बजाजका अन्य इन्ट्री लेभल मोडलका बाइकहरुको मूल्य भने ४ हजार रुपैयाँसम्मले बढेको उनले बताए।

डोमिनार २५० एबीएस बीएस-६ को मूल्य पहिले ५ लाख ९४ हजार ९०० रुपैयाँ थियो, अब ५ लाख ४९ हजार ९०० रुपैयाँ कायम गरिएको उनले जानकारी दिए।

यस्तै डोमिनार ४०० मोडलको मूल्यमा भने कम्पनीले भने गत जुन १ मा नै ५० हजार १०० रुपैयाँ घटाएको थियो।

नयाँ मूल्यसूची

त्यसैगरी पल्सर सिरिजका केही मोडलमा २ हजारदेखि र ४ हजार रुपैयाँसम्मले मूल्य बढेका चालिसेले बताए। उनका अनुसार भदौ १ देखि लागु हुने गरी कम्पनीले नयाँ मूल्यसूची जारी गरेको हो।