BIZMANDU
www.bizmandu.com

सुदूरपश्‍चिम प्रदेशमा दिउँसो भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम

२०८० भदौ ६

सुदूरपश्‍चिम प्रदेशमा दिउँसो भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम
सुदूरपश्‍चिम प्रदेशमा दिउँसो भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम


काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tata
GBIME

सोही मौसमी प्रणालीका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्य बदली रहनेछ। सुदूरपश्‍चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्‍चिम प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।