BIZMANDU
www.bizmandu.com

कांग्रेसले पोलिसी ह्याकाथानका लागि छान्यो सात निर्णायक, रोजाइमा परे को को?

२०८० भदौ ५

कांग्रेसले पोलिसी ह्याकाथानका लागि छान्यो सात निर्णायक, रोजाइमा परे को को?
कांग्रेसले पोलिसी ह्याकाथानका लागि छान्यो सात निर्णायक, रोजाइमा परे को को?

काठमाडौं। नेपाली कांग्रेसले ‘पोलिसी ह्याकाथान’का लागि निर्णायक मण्डलका सदस्य छानेको छ। शनिबार ह्याकानाथको फाइनल हुँदै गर्दा कांग्रेसले निर्णायक मण्डल सार्वजनिक गरेको हो।

Tata
GBIME
NLIC

निर्णायक मण्डलमा अर्थशास्त्री डा. समीर खतिवडा, प्राकृतिक सम्पदा विज्ञ सन्तोषमणि नेपाल, जलवायु विज्ञ डा. रिता सिंह, प्राध्यापक प्रा. डा.राजेश राई, शिक्षक नरोत्तम अर्याल,  सुशासन तथा नेतृत्व विज्ञ डा. पुकार मल्ल र शिक्षक स्वस्तिका श्रेष्ठ छन्।

कांग्रेसले युवालाई नीति निर्माणमा जोड्ने उद्देश्यसहित दुईवटा विषयमा नीतिगत प्रतिस्पर्धा अर्थात् पोलिसी ह्याकथन आयोजना गरेको हो। ‘गिग इकोनोमी’ र ‘क्लाइमेट एक्सन’ विषयमा कांग्रेसले गरेको पोलिसी ह्याकाथनका विजेताले ३ लाख रुपैयाँ पाउनेछन्।

अवधारणापत्र बुझाउन भदौ ३ गतेसम्मको समय दिइएको थियो।