BIZMANDU
www.bizmandu.com

केन्द्रीय कमिटीमा नेपालले भने- विभाजनको औचित्य पुष्टि भयो, गठबन्धनबाट बाहिर निस्कने अवस्था छैन

२०८० भदौ ५

केन्द्रीय कमिटीमा नेपालले भने- विभाजनको औचित्य पुष्टि भयो, गठबन्धनबाट बाहिर निस्कने अवस्था छैन
केन्द्रीय कमिटीमा नेपालले भने- विभाजनको औचित्य पुष्टि भयो, गठबन्धनबाट बाहिर निस्कने अवस्था छैन


काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले विभाजनको औचित्य पुष्टि भएको दाबी गरेका छन्। मंगलबार सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले विभाजन औचित्यपूर्ण भएको दाबी गरेका हुन्। ‘विद्रोह जायज थियो। औचित्यपूर्ण थियो। राष्ट्रिय राजनीतिका घटनाक्रमले पुष्टि भइरहेको छ,’ उनले भने।

Tata
GBIME
NLIC

नेपालले २०७८ भदौ पहिलो साता एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेका थिए। एकीकृत समाजवादीका कतिपय नेता कार्यकर्ता भने धमाधम एमालेमै फर्किरहेका छन्।

अध्यक्ष नेपालले पार्टीका केही नेता फर्किन थालेपछि विभाजनको औचित्यबारे एमालेबाट प्रश्न उठ्न थालेको बताए। चुनावमा बढी सिट जिते मात्रै विभाजनको औचित्य पुष्टि हुने भन्ने मान्यता गलत भएको नेपालले बताए। गत निर्वाचनमा एकीकृत समाजवादीले १० सिट जितेको थियो। तर समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेस होल्ड कटाउन सकेको थिएन।

‘कतिले अरुलाई सानो बनाएर हामी ठूलो भएको भए औचित्य हुन्थ्यो भन्ने गरेका छन्,’ उनको भनाइ छ। उनले राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राखेको बैठकमा एमालेको अनुपस्थितिप्रति असन्तुष्टि जनाए।

अध्यक्ष नेपालले बैठकमा ३९ पृष्ठ लामो राजनीति प्रतिवेदन पेश गरेका छन्। प्रतिवेदनमा उनले पार्टी अहिलेको सत्ता गठबन्धन र समाजवादी मोर्चाबाट बाहिर निस्कने अवस्था नरहेको उल्लेख गरेका छन्। बैठक भदौ ७ गतेसम्म चल्ने तालिका छ।