BIZMANDU
www.bizmandu.com

कामना सेवा विकास बैंकको ‘तिम्रै लागि’ मुद्दती र बचत खाता, आफन्तलाई उपहार दिन सकिने

२०८० भदौ ५

कामना सेवा विकास बैंकको ‘तिम्रै लागि’ मुद्दती र बचत खाता, आफन्तलाई उपहार दिन सकिने
कामना सेवा विकास बैंकको ‘तिम्रै लागि’ मुद्दती र बचत खाता, आफन्तलाई उपहार दिन सकिने


काठमाडौं। कामना सेवा विकास बैंकले नयाँ निक्षेप योजना ल्याएको छ। पारिवारिक सम्वन्धलाई मजबुत बनाउँदै आफ्नो प्रियजनमा खुशी र आफ्नोपन संचार गर्न भन्दै बैंकले ‘तिम्रै लागि’ मुद्दती र बचत खाता ल्याएको हो। 

Tata
GBIME
NLIC

पछिल्लो समय आफन्तपन र पारिवारिक सम्वन्धको महत्त्वलाई लिएर विभिन्न पर्व, उत्सव तथा दिवसहरुमा उपहार दिने प्रचलन बढेकोमा यस्ता उपहार कुनै अप्ठेरो अवस्थामा प्रयोग गर्न सकिने तथा आर्थिक सहयोगको समेत आभास हुने गरी उपहारको नयाँ परम्पराको शुरुवात गर्न बैंकले नयाँ निक्षेप योजना ल्याएको प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए।

सम्बन्धको महत्त्व दर्शाउँदै नयाँ खाता हजुरबुवा हजुरआमा, बुवा आमा, श्रीमान् श्रीमती, दाजुभाई, दिदिाहिनी, छोराछोरी तथा नातिनातिनाहरुले जो कसैलाई पनि उपहारस्वरुप मुद्दती खाता उपहार गर्न सकिने बैंकले जनाएको छ।  

न्युनतम १० हजार रुपैयाँमा खोल्न सकिने मुद्दती खातामा मासिक रुपमा ब्याज प्राप्त गर्न सकिनेछ। 

खाता खोल्दा बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ, लकर सुविधा र डेविट कार्ड निःशुल्क प्राप्त गर्न सकिने छ। 

मुद्दती खातामा रहेको मौज्दातको ९० प्रतिशतसम्म कर्जा सुविधा तत्कालै प्राप्त गर्न सकिने बैंकले जनाएको छ। उपहारको नयाँ परम्पराको शुरुवात गर्नको लागि ल्याइएको खातामा आवश्यकताअनुसार थप रकम जम्मा गर्दै जान सकिने छ।