BIZMANDU
www.bizmandu.com

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पूर्णरुपमा अवरुद्ध

२०८० भदौ ४

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पूर्णरुपमा अवरुद्ध
सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पूर्णरुपमा अवरुद्ध


काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्डको नाम्सी पुल नजिकैको भीषण पहिरोको कारण सडक पूर्णरूपमा अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ।

Tata
GBIME
NLIC

राति ८ बजे उक्त स्थानमा पहिरो खसेको हो। सुख्खा पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको हो।

सडक डिभिजनका अनुसार पहिरो पन्छाउने मेसिन उक्त स्थानमा पुगिसकेको छ। तर, माथिबाट ढुङ्गा खस्ने क्रम जारी रहेकाले समस्या भइरहेको छ।

कार्यालयले पहिरोका कारण रोकिएका यात्रुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।