BIZMANDU
www.bizmandu.com

६ वर्षे कार्यकाल रहेको महालेखा प्रमुख हुन बहालवालादेखि पूर्वसचिवसम्मको ताँती, को बलियो?

२०८० भदौ ४

६ वर्षे कार्यकाल रहेको महालेखा प्रमुख हुन बहालवालादेखि पूर्वसचिवसम्मको ताँती, को बलियो?
६ वर्षे कार्यकाल रहेको महालेखा प्रमुख हुन बहालवालादेखि पूर्वसचिवसम्मको ताँती, को बलियो?


काठमाडौं। ६ वर्ष लामो कार्यकाल हुने महालेखा परीक्षकका लागि बहालवाला सचिवदेखि अवकाशप्राप्तसम्मले आवेदन दिएका छन्।

Tata
GBIME

टंकमणि शर्मा अवकाश भएपछि सरकारी, अर्ध-सरकारी निकायको लेखापरीक्षण गर्ने प्रमुख निकायमा १५ जनाको आवेदन परेको हो।

अन्य संवैधानिक निकायमा प्रमुखसहित सदस्यहरु हुन्छन्। तर महालेखामा भने एक जना मात्र महालेखा परीक्षक हुन्छ। त्यसो हुँदा यहाँ उसलाई  निर्णय गर्न सहज हुन्छ।

बहालवाला सचिव तोयम रायादेखि अवकाशप्राप्त सचिवहरू हरि बस्याल, गोपी मैनाली र शिशिरकुमार ढुंगानासम्मले आवेदन दिएका छन्। 

चार्टर्ड एकाउन्टेन्ट डा. सुवोधकुमार कर्णले पनि आवेदन दिएका छन्। उनी राष्ट्र बैंकको सञ्चालक समिति सदस्य पनि थिए। पैसा मागेको तथ्य सार्वजनिक भएपछि उनलाई गभर्नरले बैठकमा कहिले पनि डाकेनन्।

महालेखाबाट अवकाशप्राप्त बाबुराम गौतम, राममाया कुँवर लगायतले पनि महालेखा परीक्षक हुन इच्छा देखाएका छन्।

महालेखा परीक्षकको कार्यालयले आर्थिक पारदर्शितामा जोड दिन्छ। यसमा निजी क्षेत्रको पनि स्वार्थ हुन्छ।

पूर्व प्रमुख शर्माले गरेको कतिपय अव्यवहारिक टिप्पणीले अहिले निजी क्षेत्र र सरकार दुवै तनावमा छन्।

मर्जर, एफपीओ, पुँजीगत लाभकरजस्ता विषयमा महालेखाले बेरुजु लेखिदिँदा विदेशी लगानीसमेत प्रभावित हुन थालेको छ।

स्रोतहरुका अनुसार, सरकारको रुचिमा शिशिरकुमार ढुगाना छन्।