BIZMANDU
www.bizmandu.com

विद्यार्थीको खाजा खर्चमा काठमाडौं महानगरले रकम थप्यो, अब दैनिक ३० रुपैयाँ पाउने

२०८० भदौ २

विद्यार्थीको खाजा खर्चमा काठमाडौं महानगरले रकम थप्यो, अब दैनिक ३० रुपैयाँ पाउने
विद्यार्थीको खाजा खर्चमा काठमाडौं महानगरले रकम थप्यो, अब दैनिक ३० रुपैयाँ पाउने

काठमाडौं। काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयलाई संघीय सरकारले दिँदै आएको दैनिक खाजा खर्चमा आन्तरिक स्रोतबाट रकम थप गरेको छ। महानगरको २०८०/०८१ को स्वीकृत कार्यक्रम अनुसार भदौ १ गतेबाट उक्त निर्णय लागू भएको छ। महानगरभित्रका सामुदायिक विद्यालयमा यो निर्णय लागू हुने छ।

Tata
GBIME

संघीय सरकारले अहिले आधारभूत तहका विद्यार्थीलाई खाजा खर्चबापत दैनिक १५ रुपैयाँ दिँदै आएको थियो। कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई दिइने यस्तो रकममा महानगरले आन्तरिक स्रोतबाट थप १५ रुपैयाँ थपेको हो। महानगरको निर्णयपछि अब विद्यार्थीले दैनिक ३० रुपैयाँ खाजा खर्च पाउनेछन्।

संघीय सरकारको सशर्त अनुदानबाट उक्त रकम विनियोजन हुँदै आएको छ। यस्तै कक्षा ६ देखि १० सम्म पनि महानगरले विद्यार्थीलाई खाजाबापत दैनिक ३० रुपैयाँ दिने निर्णय गरेको छ।

निर्णय कार्यान्वयनका लागि माग फाराम पेस गर्न महानगरले सामुदायिक विद्यालयलाई परिपत्र गरेको छ।