BIZMANDU
www.bizmandu.com

सामुदायिक ग्रामीण विद्युतीकरण थप विस्तार गर्ने मन्त्री बस्नेतको प्रतिबद्धता, नियमावलीमै समावेश गर्न माग

२०८० भदौ २

सामुदायिक ग्रामीण विद्युतीकरण थप विस्तार गर्ने मन्त्री बस्नेतको प्रतिबद्धता, नियमावलीमै समावेश गर्न माग
dGtJo /fVb} dGqL a:g]t kf6g, @ ebf} M blIf0f nlntk'/ u|fdL0f ljB't ;xsf/L ;+:yf lnld6]8dfkm{t ljB'tLs/0fsf] !(cf}F jif{ k"/f ePsf] cj;/df cfof]lht sfo{qmddf dGtJo /fVb} pmhf{, hn;|f]t tyf l;FrfOdGqL zlQmaxfb'/ a:g]t . tl:a/ M dfwjk|;fb l3ld/]÷/f;;


ललितपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई थप व्यवस्थित गर्न तयार रहेको बताएका छन्।

Tata
GBIME
NLIC

दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडमार्फत विद्युतीकरणको १९औँ वर्ष पूरा भएको अवसरमा शनिबार आयोजित कार्यक्रममा बस्नेतले जनतालाई विकास अभियानको साझेदार बनाउने पद्धतिलाई थप विस्तार गरिने प्रतिबद्धता जनाए।

“सरकारले सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई साथ दिन्छ, संविधानले सार्वजनिक–निजी साझेदारीका साथै नागरिकको सहभागितामा गरिने विकासको अवधारणालाई प्रवर्द्धन गरेको छ। विद्युत् सहकारीले गरिरहेको कामलाई हामी राज्यकै हिस्साका रूपमा बुझ्छौँ”, उनले भने, “विकासमा जनताको सहभागिता र अपनत्व, प्रतिफलमा साझेदारी सुनिश्चित हुनुपर्छ। हामीले यसलाई अझ बढी महत्त्व दिनुपर्छ।”

मन्त्री बस्नेतले सामुदायिक विद्युतीकरणको महत्त्वपूर्ण भाग सहकारी भएको र यसले गरेको काम कदरयोग्य रहेको भन्दै सामुदायिक विद्युतीकरणको प्रशंसा गरे।

सामुदायिक अभियानमा अप्ठ्यारो पार्ने अवस्था हुँदैन भन्दै उनले सरकार सहयोग गर्न तयार रहेको र विकासमा जनताको साझेदारी, आर्थिक, सामाजिक रुपान्तरणमा हिस्सेदारी मुख्य केन्द्र रहेकामा जोड दिए।

वाग्मती प्रदेश सभाका सदस्य मधुसुदन पौडेलले सामुदायिक विद्युतीकरणमा मन्त्री फेरिएपछि आइरहने समस्या समाधान हुनुपर्ने बताए। उनले नियमावलीमा समावेश गरेर नीतिगतरूपमै सहकारीमार्फत सञ्चालित सामुदायिक विद्युतीकरणलाई सहज हुने व्यवस्था राखिनुपर्नेमा जोड दिए।

जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले प्रत्येक नागरिकलाई खुसी बनाएर सेवा प्रदान गर्नेतर्फ ध्यान दिन आग्रह गरे।

विसं २०६१ भदौ २ गतेदेखि तत्कालीन देवीचौर गाउँ विकास समितिमा सहकारीमार्फत् विद्युतीकरणको ग्राहक सेवा सुरु भएको थियो। देवीचौर अहिले गोदावरी नगरपालिकाको ७ भएको छ भने बाँकी वाग्मती, महाँकाल र कोञ्ज्योसोम गाउँपालिकाको वडामा परिणत भएका छन्।