BIZMANDU
www.bizmandu.com

भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौंका यी स्थानमा हुनेछ विद्युत आपूर्ति अवरुद्ध

२०८० भदौ १

भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौंका यी स्थानमा हुनेछ विद्युत आपूर्ति अवरुद्ध
भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौंका यी स्थानमा हुनेछ विद्युत आपूर्ति अवरुद्ध


काठमाडौं । भदौ २ गते (भोली) काठमाडौंको विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। टेकु सबस्टेसन स्तरोन्नती गरि टेकु स्युचाटार ६६ केभी लाइनलाई १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेको र सोही कार्यका लागि मुख्य बसवार विस्तार गर्नुपर्ने भएकाले विद्युत आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

Tata
GBIME
NLIC

प्राधिकरणले सीतापाइला, बाफल, बलम्बु, थानकोट सहितको खड्का गाउँ, हसनटार,कालीमाटी, कलंकी र रोपवे फिडर अन्तर्गत विद्युत आपूर्ति भइरहेका स्थानमा बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म विद्युत आपर्ति बन्द हुने आज सूचनामार्फत जानकारी दिएको हो।

सीतापाइला अन्तर्गत बाफल, बुढाथोकी कोल्डस्टोर, सिविल होम्स,सरनपुर, थापाचोक, इचंगु लगायतका क्षेत्रमा शनिबार विद्युत आपूर्ति बन्द हुनेछ। बाफल र बलम्बु अन्तर्गत स्वयम्भू, सानो भर्‍याङ, पुरानो नैकाप,गर्जुधारा लगायतका क्षेत्रमा पनि विद्युत आपूर्ति अवरुद्ध हुनेछ।

यस्तै, कालीमाटी, कलंकी खसीबजार, सुनार गाउँ, कुलेश्वर, कीर्तिपुर बजार, ट्याङ्लाफाँट, पांगा लगायतका क्षेत्रमा समेत विद्युत अवरुद्ध हुनेछ।

प्राधिकरणले शनिवार १३२ केभी बसवार ‘सटडाउन’ हुने भएकाले टेकु, बालाजु, के२ र के३ सबस्टेसनबाट विद्युत आपूर्ति हुने कर्ही क्षेत्रहरुमासमेत विद्युत सेवा अवरुद्ध हुन सक्ने जनाएको छ।

कहाँ कहाँ हुनेछ विद्युत आपूर्ति बन्द?