BIZMANDU
www.bizmandu.com

क्याम्प डेभिडमा जापानी र दक्षिण कोरियाली नेतालाई ‘होस्ट’ गर्दै बाइडेन, छलफलको एजेन्डा के?

२०८० भदौ १

क्याम्प डेभिडमा जापानी र दक्षिण कोरियाली नेतालाई ‘होस्ट’ गर्दै बाइडेन, छलफलको एजेन्डा के?
क्याम्प डेभिडमा जापानी र दक्षिण कोरियाली नेतालाई ‘होस्ट’ गर्दै बाइडेन, छलफलको एजेन्डा के?

अमेरिकी राष्ट्रपति जो बाइडेनले आज जापानका प्रधानमन्त्री फुमियो किशिदा र दक्षिण कोरिली राष्ट्रपति यु सुन उलसँग छलफल गर्दैछन्। यी देशबिच पहिलोपटक त्रिपक्षीय छलफल हुन लागेको हो।

Tata
GBIME

आज हुने बैठकमा उत्तर कोरियाको बढ्दो आक्रमक व्यवहारसँगै चीनको प्रभाव रोक्न इन्डो प्यासेफिक रण्नीतिबारेसमेत चर्चा हुने अधिकारीहरुले बताएका छन्।

म्यारील्यान्डको क्याम्प डेभिड रिट्रिटमा हुने तीन नेताबिचको भेटमा रक्षा प्रणालीलाई थप बलियो बनाउने, प्रविधि र आर्थिक क्रियाकलापमा सहकार्य बढाउनेबारे पनि छलफल हुनेछ। राष्ट्रपति भए पछि बाइडेनले पहिलोपटक क्याम्प डेभिडमा विदेशी नेतालाई ‘होस्ट’ गर्दैछन्। क्याम्प डेभिड अमेरिकाका राष्ट्रपतिहरुले कूटनीतिक वार्ता गर्ने ऐतिहासिक थलो हो।

भेटका क्रममा तीन देशबिच वार्षिक रुपमा सैन्य अभ्यास गर्ने, नियमित ब्यालेस्टिक मिसाइल ड्रिल गर्ने र नयाँ ‘इन्टेलिजेन्स-सेयरिङ’बारे सम्झौता हुनेछ। त्रिपक्षीय भेटमा नेताहरुबिच सम्पर्कलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘थ्री-वे हटलाइन’ स्थापना गर्नेबारे पनि सहमती हुने जनाइएको छ।