BIZMANDU
www.bizmandu.com

पर्यटनसँग सम्बन्धित संस्थाले संयुक्त बैठक राखेर भने-भ्याट र बिलासिता करले नेपाल महँगो भयो

२०८० साउन ३२

पर्यटनसँग सम्बन्धित संस्थाले संयुक्त बैठक राखेर भने-भ्याट र बिलासिता करले नेपाल महँगो भयो
पर्यटनसँग सम्बन्धित संस्थाले संयुक्त बैठक राखेर भने-भ्याट र बिलासिता करले नेपाल महँगो भयो


काठमाडौं। पर्यटनसँग सम्बद्ध २० भन्दा बढी संस्थाले हवाइ उडानमा भ्याट र पाँच तारे होटलमा २ प्रतिशत बिलासिता करको विरोध गरेका छन्।

Tata
GBIME
NLIC

बजेटमार्फत कर घोषणा गरिएको अढाइ महिनापछि होटल संघ नेपाल, नाट्टा, टान, नारा, रेवान लगायत संस्थाले संयुक्त बैठक बसेर विरोध गरेका हुन्।

उनीहरुले करका कारण नेपालको पर्यटन क्षेत्र महँगो बन्न पुगेको र यसले पर्यटकको आगमन नै प्रभावित हुन सक्ने बताएका छन्। होटलहरु क्षमताको एक तिहाइ पनि राम्रोसँग सञ्चालन नभएको अवस्थामा सरकारले कर थोपरेर महँगो बनाएको उनीहरुको आरोप छ।

ती संस्थाले बजेट र मौद्रिक नीति दुवै पर्यटन क्षेत्रमैत्री नभएको गुनासो गरेका छन्। पर्यटन वर्ष र पर्यटक दशकमा आफूहरुसँग सहकार्य गर्न उनीहरुले सरकारसँग माग गरेका छन्। पर्यटन क्षेत्रमा पनि अन्य निर्यात उद्योगले पाए सरहको नगद अनुदानको व्यवस्था गरिनुपर्ने ती संस्थाको माग छ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गराउन ती संस्थाले सरकारको ध्यानाकर्षण गराएका छन्।