BIZMANDU
www.bizmandu.com

ओरियन्टल होटलको कारोबार एक अर्ब नाघ्यो, प्रतिसेयर नेटवर्थ १९३.०७ रुपैयाँ

२०८० साउन ३२

ओरियन्टल होटलको कारोबार एक अर्ब नाघ्यो, प्रतिसेयर नेटवर्थ १९३.०७ रुपैयाँ
ओरियन्टल होटलको कारोबार एक अर्ब नाघ्यो, प्रतिसेयर नेटवर्थ १९३.०७ रुपैयाँ

काठमाडौं। ओरियन्टल होटलको कारोबार ९५.९० प्रतिशत बढेर एक अर्ब नाघेको छ। र्‍याडिसन होटल संचालन गरिहेको कम्पनीले गत आर्थिक वर्ष एक अर्ब भन्दा बढी कारोबार गरेको हो।

Tata
GBIME

कोभिडपछि व्यवसाय पुनरागमन भएर कम्पनीले १७ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। पोहोर कम्पनी २ करोड ४६ लाख रुपैयाँ नोक्सानीमा थियो। 

कारोबारमा उल्लेख्य वृद्धि भएकाले खर्च पनि ५२.१६ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ। कम्पनीको ब्याज भुक्तानी रकम पनि पोहोरभन्दा १५.३८ प्रतिशत बढेको छ। 

यसका बाबजुद संचालन मुनाफा २९ करोड २१ लाख रुपैयाँ नाघेको छ। १ अर्ब १२ करोड चुक्ता पुँजीको कम्पनीसँग ३ अर्ब ५४ करोडको सम्पत्ति छ।

असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी १५.८२ र प्रतिसेयर नेटवर्थ १९३.०७ रुपैयाँ छ।