BIZMANDU
www.bizmandu.com

युनिलिभर नेपालको नाफा १८% ले वृद्धि, सप्लाई चेन र बढ्दो मुद्रास्फीतिका बाबजुद बढ्यो कमाइ

२०८० साउन ३२

युनिलिभर नेपालको नाफा १८% ले वृद्धि, सप्लाई चेन र बढ्दो मुद्रास्फीतिका बाबजुद बढ्यो कमाइ
युनिलिभर नेपालको नाफा १८% ले वृद्धि, सप्लाई चेन र बढ्दो मुद्रास्फीतिका बाबजुद बढ्यो कमाइ

काठमाडौं। सप्लाई चेन र बढ्दो मुद्रास्फीतिका बाबजुद बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको नाफा १८ प्रतिशत बढेको छ।

Tata
GBIME
Zonsen

नेपाल स्टक एक्सचेन्जको सबै भन्दा मूल्यवान कम्पनी युनिलिभरले गत आर्थिक वर्षको अन्त्यसम्म एक अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको हो। पोहोर असारमा नाफा एक अर्ब ५४ करोड रुपैयाँमा सीमित थियो।

कम्पनीको व्यावसायिक आम्दानीमा सन्तोषजनक सुधार छ। यो अवधिमा कम्पनीले ८ अर्ब ४८ करोड रुपैयाँको कारोबार गर्‍यो। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६ प्रतिशतको वृद्धि हो। पोहोर असार मसान्तसम्म कम्पनीले सात अर्ब ३३ करोड रुपैयाँ कारोबार गरेको थियो।

यूनिलिभरका अनुसार ९० प्रतिशत नेपालीले उपभोग गर्ने वस्तु कम्पनीले उत्पादन तथा बिक्री गर्दै आएको छ। नेपालमा उपभोग हुने २८ यस्ता ब्राण्ड युनिलिभरले नै उत्पादन गर्ने गर्छ।

कम्पनीले लक्स, लाइफब्वाय, रिन, ह्‍वील, पोन्ड्स, भ्यासलिन, सनसिल्क, ल्याक्मे, क्लिनिक प्लस, पेप्सोडेन्ट, क्लोजअप लगायत अन्य ब्राण्डको उत्पादन तथा बिक्री गर्दै आएको छ।

यही बीचमा कच्चा पदार्थलगायत खपत तीन अर्ब ९६ करोड रुपैयाँबाट बढेर ४ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। यो भनेको उत्पादन वृद्धि गर्नु हो। कर्मचारी खर्च पनि ५२ करोड ३३ लाखबाट बढेर ५९ करोड पुगेको छ।

कम्पनीसँग हाल ६ अर्ब ३३ करोड रुपैयाँ अधिकको सम्पत्ति छ। यस्तै, कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ छ भने ४ अर्ब २६ करोड रुपैयाँ अवितरित मुनाफा छ।

असार मसान्तसम्मको तथ्यांक अनुसार कम्पनीको प्रतिसेयर आम्दानी १९८८ रुपैयाँ छ। जुन पोहोर असारमा १६७५ रुपैयाँ थियो। यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ४ हजार ७ सय ३४ रुपैयाँ पुगेको छ।