BIZMANDU
www.bizmandu.com

सुन प्रकरणमा थप ४ जना चिनियाँ नागरिक पक्राउ, ‘तस्करीमा संलग्न रहेको देखियो’

२०८० साउन ३१

सुन प्रकरणमा थप ४ जना चिनियाँ नागरिक पक्राउ, ‘तस्करीमा संलग्न रहेको देखियो’
सुन प्रकरणमा थप ४ जना चिनियाँ नागरिक पक्राउ, ‘तस्करीमा संलग्न रहेको देखियो’

काठमाडौं। सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले थप चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार काठमाडौंबाट चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।

Tata
GBIME

पक्राउ परेकामध्ये ३ जना महिला र एक जना पुरुष हुन्। सुन तस्करीमा संलग्न रहेको देखिएपछि उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धानका लागि अदालतबाट म्याद थपेर हिरासतमा राखिएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए। यो प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ।

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्रेक शुभित्र लुकाएर ल्याएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। सुन ६० किलो ७१६ ग्राम भएको खुलेको छ। यो प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ।