BIZMANDU
www.bizmandu.com

नेप्सेमा रोकिएन गिरावट, २०.३१ अंकले घट्दा होटलमा आकर्षण, कारोबार १ अर्ब ६८ करोडमा सीमित

२०८० साउन ३१

नेप्सेमा रोकिएन गिरावट, २०.३१ अंकले घट्दा होटलमा आकर्षण, कारोबार १ अर्ब ६८ करोडमा सीमित
नेप्सेमा रोकिएन गिरावट, २०.३१ अंकले घट्दा होटलमा आकर्षण, कारोबार १ अर्ब ६८ करोडमा सीमित


काठमाडौं। सेयर बजार सूचक बुधबार २०.३१ अंकले घटेको छ। एक प्रतिशतले घटेर नेप्से सूचक २०२५ अंकमा ओर्लिंदा होटल तथा पर्यटन समूहमा भने लगानीकर्ताको आकर्षण बढेको छ।

Tata
GBIME
NLIC

१३ वटै उपसमूहमा गिरावट आएको छ। सात वटा उपसमूह १ प्रतिशतभन्दा धेरैले घटेका छन्। होटल तथा पर्यटन उपसमूह भने ०.०१ प्रतिशत मात्रै घट्यो। गत आर्थिक वर्षको सुधारोन्मुख व्यवसायले चन्द्रागिरी हिल्स र कालिन्चोक दर्शन दुवै कम्पनीको सेयर मूल्य बढेको छ।

होटल तथा पर्यटन समूह अन्तर्गतको ब्लू चिप मानिने सोल्टी होटलको मूल्य अन्तिम समयमा बढ्यो। कम्पनीको कारोबार पनि उल्लेख्य भएको छ।

मूल्य प्रतिकित्ता ४८ रुपैयाँ घटेको हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै ८ करोड ४१ लाख रुपैयाँको सेयर किनबेच भयो। शिवम् सिमेन्ट बेच्नेको संख्या पनि उल्लेख्य देखिन्छ। कम्पनीको सेयर करीब ३ प्रतिशतले सस्तिएको छ।

बजारमा आज १ अर्ब ६७ करोड ९९ लाख रुपैयाँको मात्र सेयर किनबेच भयो।