BIZMANDU
www.bizmandu.com

झन्डै ६ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, परिपक्व हुने अवधि ६ वर्ष

२०८० साउन ३१

झन्डै ६ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, परिपक्व हुने अवधि ६ वर्ष
झन्डै ६ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, परिपक्व हुने अवधि ६ वर्ष


काठमाडौं । सरकारले ५ अर्ब ८४ रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारका तर्फबाट राष्ट्र बैंकले तेस्रो पटक विकास ऋणपत्र जारी गर्न लागेको हो ।

Tata
GBIME
NLIC

भदौ १ गते जारी हुने ऋणपत्र ६ वर्षमा परिपक्व हुने छ। केन्द्रीय बैंकले जारी गर्न लागेको ऋणपत्रको ८५ प्रतिशत प्रतिस्पर्धी र बाँकी १५ प्रतिशत अप्रतिस्पर्धीलाई छुट्याइएको छ।

यसअघि १० अर्ब दरका विकास ऋणपत्र दुई पटक जारी भइसकेको छ। पहिलो ऋणपत्रको ब्याज साढे ६ प्रतिशत र दोस्रोको ७ प्रतिशत कायम भएको थियो। दुवैमा मागभन्दा बढी आवेदन परेको थियो।

सरकारले यो वर्ष २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने क्यालेन्डर तयार पारिसकेको छ।