BIZMANDU
www.bizmandu.com

सुनचाँदीको कारोबार मूल्यमा झिनो गिरावट, अन्तर्राष्ट्रिय बजारमा क्रमिक घट्दै

२०८० साउन ३१

सुनचाँदीको कारोबार मूल्यमा झिनो गिरावट, अन्तर्राष्ट्रिय बजारमा क्रमिक घट्दै
सुनचाँदीको कारोबार मूल्यमा झिनो गिरावट, अन्तर्राष्ट्रिय बजारमा क्रमिक घट्दै


काठमाडौं। सुनचाँदीको कारोबार मूल्यमा बुधबार सामान्य गिरावट छ। सुन तोलामा १ सय र चाँदी ५ रुपैयाँ घटेको छ।

Tata
GBIME
NLIC

बुधबार सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। साताको दोस्रो दिन निर्धारण भएको प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा स्थिर रहेर मंगलबार कारोबार भएको थियो।

त्यसअघि साताको पहिलो दिन सुन तोलाको १ लाख ११ हजार १ सय थियो।  

चाँदी गत शुक्रबारदेखि सोमबारसम्म प्रतितोला १३ सय ७५ रुपैयाँमा स्थिर रहेर कारोबार भएको थियो। मंगलबार बढेको ५ रुपैयाँ घटेर बुधबार पुन: सोही मूल्यमा फर्किएको छ।

अन्तर्राष्ट्रिय बजारमा गत सोमबार प्रतिऔंस १९१२.५८ डलर रहेको सुन मंगलबार सामान्य गिरावटसहित १९०६.९२ डलरले कारोबार भएको थियो। बुधबार अझ घट्दै प्रतिऔंस १९०३.७८ डलर चलिरहेको छ।  

चाँदीमा पनि क्रमिक गिरावट छ। सोमबार प्रतिऔंस २२.५९ डलर रहेको चाँदी मंगलबार २२.६५ डलर थियो। बुधबार अझ घटेर २२.५५ डलरले कारोबार भइरहेको छ।