BIZMANDU
www.bizmandu.com

एभरेष्ट बैंक र फोन पेबीच सहकार्य, नेपालमै पहिलो पटक अफलाइन भुक्तानी सेवा

२०८० साउन ३०

एभरेष्ट बैंक र फोन पेबीच सहकार्य, नेपालमै पहिलो पटक अफलाइन भुक्तानी सेवा
एभरेष्ट बैंक र फोन पेबीच सहकार्य, नेपालमै पहिलो पटक अफलाइन भुक्तानी सेवा


काठमाडौं। एभरेष्ट बैंकले फोने पे नेपालसँगको सहकार्यमा नेपालमा पहिलो पटक ‘अफलाइन भुक्तानी’ सेवा सञ्चालनमा ल्याएको छ।

Tata
GBIME
NLIC

बैंकका सम्पूर्ण ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ एपबाट यो सेवा उपभोग गर्न सक्ने विज्ञप्तिमा जनाइएको छ। बैंकका अनुसार यो सेवा अन्तर्गत ग्राहकहरुले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै भुक्तानी सुविधा प्राप्त गर्न सक्नेछन्।

यो सेवाको शुभारम्भ बैंकका नायब महाप्रवन्धक आशुतोष शर्मा र फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले संयुक्त रुपमा गरे। कार्यक्रममा बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख शंकर पोखरेलको पनि उपस्थिति थियो।

बैंकका नायब महाप्रबन्धक शर्माले अफलाइन भुक्तानी सुविधाले ग्राहक सुविधा र ग्राहक केन्द्रित नयाँ उर्जा थपेको बताए। फोन पेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले यो सुविधाबाट इन्टरनेटको सीमाहरुलाई पार गरी बैंकिङमा आयाम थपिने बताए। अहिले यो सुविधा एन्ड्रोइड फोनमा मात्रै उपलब्ध हुनेछ।