BIZMANDU
www.bizmandu.com

ब्रेक शुमा राखेर तस्करी गरिएको सुन करिब ६१ किलो, भोलि गालेर फेरि जोखिने

२०८० साउन २९

ब्रेक शुमा राखेर तस्करी गरिएको सुन करिब ६१ किलो, भोलि गालेर फेरि जोखिने
ब्रेक शुमा राखेर तस्करी गरिएको सुन करिब ६१ किलो, भोलि गालेर फेरि जोखिने

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपासपछि बरामद भएको ब्रेक शु भित्र करिब ६१ किलो सुन रहेको खुलेको छ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राजस्व अनुसन्धान विभागका कर्मचारीको उपस्थितिमा ब्रेक शु खोलेर सुनको तौल जोखेको हो।

Tata
GBIME
NLIC

महाशाखा प्रमुख थानेश्वर आचार्यले ब्रेक शुभित्र रहेको सुनको तौल ६० किलो ७८९ ग्राम रहेको जानकारी दिए। ‘ब्रेक शुबाट छुट्याएपछि सुन जोख्यौं, तौल ६० किलो ७८९ ग्राम रहेछ,’ उनले भने, ‘अब गालेर जोख्न बाँकी छ।’ 

आचार्यले सुनको यकिन परिमाण भने गालेपछि मात्र थाहा हुने बताए। सुनमा केही कालो पोतिएकाले परिमाण घट्न सक्ने उनको अनुमान छ। उनका अनुसार गाल्ने काम भोलि सकिने छ।

राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट जाँच पास भइसकेको अवस्थामा सुनसहित १५५ किलो ब्रेक शु बरामद गरेको थियो। ब्रेक शुसहितको सुन विभागले साउन ४ गते महाशाखामा पठाएको थियो।