BIZMANDU
www.bizmandu.com

चाइना इस्टर्नको चीन-नेपाल यात्रुवाहक उडान पुनः नियमित, साताको एउटा उडान गर्ने

२०८० साउन २९

चाइना इस्टर्नको चीन-नेपाल यात्रुवाहक उडान पुनः नियमित, साताको एउटा उडान गर्ने
चाइना इस्टर्नको चीन-नेपाल यात्रुवाहक उडान पुनः नियमित, साताको एउटा उडान गर्ने


काठमाडौं। चिनियाँ वायुसेवा कम्पनी चाइना इस्टर्नले कोभिड संक्रमणयता नेपालका लागि बन्द गरेको यात्रुवाहक उडान पुनः सुरु गर्ने भएको छ। कुनमिङ-काठमाडौं-कुनमिङ कार्गो उडान गर्दै आएको कम्पनीले सोमबारदेखि यात्रु उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

Tata
GBIME
NLIC

कम्पनीले १३२ सिट क्षमताको बोइङ ७३७-७०० जहाजमार्फत उडान सेवा दिने भएको हो। यो वायुसेवाले कोभिड संक्रमणअघि नेपालका लागि सातामा ७ वटा उडान गर्दै आएको थियो।

कोभिड संक्रमण नियन्त्रणमा आएपछि पनि कम्पनीले कार्गो उडान मात्र गर्दै आएको थियो। नेपाल-चीन दुईतर्फी उडान गर्ने वायुसेवा अहिले आधा दर्जन छन्।

चिनियाँ वायुसेवा कम्पनीले नियमित उडान सुरु गरेसँगै व्यापार व्यवसाय, शैक्षिक गतिविधिका लागि आउजाउ गर्ने यात्रुका लागि भाडादर सस्तिने प्राधिकरणले जनाएको छ।

हाल मुलुकमा हिमालय एयरलाइन्स, सिचुआन एयरलाइन्स, चाइना साउदर्न, तिब्बत एयरलाइन्स, एयर चाइना लगायतका हवाई सेवा कम्पनीले चीन-नेपाल नियमित उडान गर्दै आएका छन्।