BIZMANDU
www.bizmandu.com

सुन तोलामा २ सय बढ्यो, चाँदीको कारोबार मूल्य प्रतितोला १३ सय ७५ मा स्थिर

२०८० साउन २९

सुन तोलामा २ सय बढ्यो, चाँदीको कारोबार मूल्य प्रतितोला १३ सय ७५ मा स्थिर
सुन तोलामा २ सय बढ्यो, चाँदीको कारोबार मूल्य प्रतितोला १३ सय ७५ मा स्थिर

काठमाडौं। सुनको कारोबार मूल्यमा सामान्य बढोत्तरी भए पनि चाँदी तीन दिनदेखि मूल्य स्थिर छ। सोमबार सुन प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

यसअघि साताको पहिलो दिन तोलाको १ लाख ११ हजार १ सय थियो। सोमबार कायम मूल्यमा सुन गत बिहीबार पनि आइपुगेको थियो। शुक्रबार त्यसमा २ सय रुपैयाँ बढेर कारोबार मूल्य निर्धारण भएको थियो। आइतबार सोही मूल्यमा स्थिर रहेर कारोबार भएको थियो।

चाँदीको कारोबार मूल्य सोमबार प्रतितोला १३ सय ७५ रुपैयाँमा स्थिर छ। उक्त मूल्यमा चाँदी गत शुक्रबार आइपुगेको हो।

अन्तर्राष्ट्रिय बजार कारोबारमा सुनचाँदीको मूल्यमा धेरै फराकिलो उतारचढाव छैन।

शुक्रबार प्रतिऔंस १९१३.५१ रहेको सुन आइतबार १९१३.८३ डलर थियो। सोमबार १९१२.५८ डलर छ।

चाँदी २२.६९ डलरबाट झिनो गिरावटका साथ प्रतिऔंस २२.५९ डलरले कारोबार भइरहेको छ।