BIZMANDU
www.bizmandu.com

पहिरोले बेनिघाट-आरुघाट सडक दुईतर्फी अवरुद्ध, ‘लगातार वर्षा हुँदा बाटो खुलाउन समस्या’

२०८० साउन २९

पहिरोले बेनिघाट-आरुघाट सडक दुईतर्फी अवरुद्ध, ‘लगातार वर्षा हुँदा बाटो खुलाउन समस्या’
पहिरोले बेनिघाट-आरुघाट सडक दुईतर्फी अवरुद्ध, ‘लगातार वर्षा हुँदा बाटो खुलाउन समस्या’

गोरखा। केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट-आरुघाट सडकखण्ड अवरुद्ध भएको छ। उक्त सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका-४ ढावेस्थित दीपा पहरो भन्‍ने स्थानमा आइतबार साँझपख पहिरो खसेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए।

Tata
GBIME
Zonsen

पहिरोले बेनिघाट आरुघाट सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको उनले बताए। सडक माथिबाट ठूला-ठूला ढुङ्गासहितको पहिरो खसेको स्थानीयले जानकारी दिएको उनले बताए। पहिरोले दुईतर्फी सडक अवरुद्ध भएपछि सवारी साधान आउजाउ ठप्प भएका छन्।

सडक अवरुद्ध भएपछि आरुघाट, घाटबेँसी, बेनिघाट हुँदै काठमाडौं ओहोर-दोहोर गर्ने सवारी साधन चल्न सकेका छैनन् भने बोलेरोलगायतका निजी तथा भाडाका सवारी साधन पनि पूर्णरुपमा रोकिएको उनले बताए। अवरुद्ध सडक हटाउन आवश्यक पहल भइरहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए।

‘ठूलाठूला ढुङ्ग पनि पहिरोसँगै खसेको छ, पहिरो हटाउनका आवश्यक पहल भइरहेको छ,’ उनले भने, ‘लगातार वर्षा भइरहेकाले पहिरो हटाउनका लागि समस्या भइरहेको छ।’

उक्त पहिरोका कारण फुजेल, बेनिघाट हुँदै काठमाडौं, चितवन लगायतका सहरमा छुट्ने सवारी साधान पनि अवरुद्ध भएको स्थानीयवासीले बताएका छन्। रासस