BIZMANDU
www.bizmandu.com

मनसुनको न्यून चापीय रेखा नेपालको नजिक, सुदूरपश्‍चिम र कर्णालीमा भारी वर्षाको सम्भावना

२०८० साउन २९

मनसुनको न्यून चापीय रेखा नेपालको नजिक, सुदूरपश्‍चिम र कर्णालीमा भारी वर्षाको सम्भावना
मनसुनको न्यून चापीय रेखा नेपालको नजिक, सुदूरपश्‍चिम र कर्णालीमा भारी वर्षाको सम्भावना


काठमाडौं। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपालको नजिक) अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tata
GBIME
NLIC

सोही मौसमी प्रणालीका कारण हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही गण्डकी, कर्णाली र सुदूरपश्‍चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्‍चिम प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्‍चिम र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।