BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री महतले गभर्नरसहित बैंकरलाई छलफलका लागि डाके, के छन् एजेण्डा ?

२०८० साउन २८

अर्थमन्त्री महतले गभर्नरसहित बैंकरलाई छलफलका लागि डाके, के छन् एजेण्डा ?
अर्थमन्त्री महतले गभर्नरसहित बैंकरलाई छलफलका लागि डाके, के छन् एजेण्डा ?


काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय प्रणालीभित्र रहेर ब्याजदर घटाउने बारे छलफल गर्न गभर्नरसहित बैंकरको बैठक डाकेका छन्।

Tata
GBIME
NLIC

५ बजे हुने बैठकमा ब्याजदरकै विषयमा केन्द्रीत रहेर छलफल हुने अर्थमन्त्री महतको सचिवालयले जनाएको छ। ‘ब्याजदर घटाउन सकिने अवस्था भए त्यसलाई सम्बोधन गर्नका लागि बैठक बोलाइएको हो,’ सचिवालयले भन्यो, ‘त्यो बाहेक बैंक तथा वित्तीय संस्थाको स्वास्थ्यका बारेमा पनि छलफल हुनेछ।’

आर्थिक मन्दीका कारण ऋण असुली समेत प्रभावित भएर खराब कर्जाको अनुपात एकाएक बढेको छ। राम्रा बैंकको पनि ४ प्रतिशतभन्दा बढी नाघेको छ।