काठमाडौं। सशस्त्र प्रहरीमा सबैभन्दा ठूलो समस्या समयमा नै बढुवा नहुनु थियो। बढुवा पर्खेर निराश धेरैले पदावधि पुरा हुनु अगावै राजीनामाको बाटो रोज्ने गरेका थिए। तर, सशस्त्र प्रहरीको बढुवा समितिले साउन २२ गते एकैचोटि १ हजार ९ सय २९ सहायक हवल्दारलाई हवल्दारमा बढुवा गर्यो।
सशस्त्र प्रहरीमा पहिलो पटक यति धेरै एकैचोटि बढुवा सिफारिस भएको हो। ठूलो समस्या समयमा नै बढुवा नहुनु थियो। विशेषतः तल्लो तहका प्रहरीले बढुवा पाउन १६ वर्षसम्म कुर्नुपर्यो।
दुई वर्ष अघिसम्म सशस्त्र प्रहरीमा राजीनामा दिनेहरूको संख्या ह्वात्तै बढेको थियो। कारण उही समयमा बढुवा नहुनु। त्यसैले प्रहरी प्रधान कार्यालयले नयाँ दरबन्दी थप गरेर बढुवालाई अगाडि बढाउने निर्णय गरेको थियो।
राजु अर्यालले प्रहरी महानिरीक्षक जिम्मेवारी पाएपछि गृह मन्त्रालयमा ४ हजार नयाँ दरबन्दीको लागि सिफारिस गरेका थिए। तर गृह हुँदै अर्थ मन्त्रालयसम्म पुगेको फाइलमा ९८ नयाँ दरबन्दी मात्र थप गरियो। बाँकी ७७ वटा दरबन्दी समायोजन गरिएको थियो।
त्यसैको परिणाम साउन २४ गते बसेको बढुवा समितिको बैठकले ८२ जना वरिष्ठ हवल्दारलाई बढुवा सिफारिस गरेको छ। यसरी बढुवा हुनेहरूमा लामो समय एउटै पदमा कार्यरत प्रहरी छन्।
साउन ३ गतेको मन्त्रिपरिषद् बैठकले इस्पेक्टरदेखि एसएसपीसम्म दरबन्दी थप गरेको थियो। महानिरीक्षक अर्यालले भने इस्पेक्टरदेखि डीआइजीसम्मको दरबन्दी थप गर्न माग गरेका थिए। दरबन्दी थपिएसँगै लामो समयदेखि भर्ना भएको पदमा नै बसेका प्रहरीको बढुवा हुने भएको छ।
साउन ३ गतेको मन्त्रिपरिषद्को बैठकले दरबन्दी थप गर्ने निर्णय गरेको हो। अब सशस्त्र प्रहरीमा एकैचोटि धेरै संख्या प्रहरीको बढुवा हुने छ। १६ वर्षदेखि एउटै पदमा रहेका प्रहरीले बढुवा हुने बाटो खुलेको हो।
साउन २२ गते एकै पटक करिब २ हजार बढुवा सिफारिसमा पर्नु त्यही नै कारण देखियो। यसरी बढुवा हुनेहरूमा एउटै पदमा १६ वर्षसम्म काम गरेका प्रहरीहरू छन्। त्यसपछि सशस्त्रले बाँकी पदहरूमा पनि बढुवा सिफारिस गर्ने तयारी गरिरहेको छ।
‘अब लामो समयदेखि बढुवा नभएका ७ हजार प्रहरीले बढुवा हुने मौका पाउने छन्,’ सशस्त्र प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र खड्काले भने।
२०६० मा भर्ना भएका इन्स्पेक्टर टोली अब डीएसपीमा, डीएसपीबाट एसपीमा बढुवा हुने छन्। त्यस्तै ०६४ भर्ना एका सिं.स ७ सशस्त्र प्रहरीकोको टोली इन्स्पेक्टर डीएसपीमा बढुवा हुने छन्। त्यस्तै ०६१ मा असईमा भर्ना भएकाहरू इस्पेक्टरमा भर्ना हुने छन्।
असारको अन्तिम साता सशस्त्रले बढुवाको लागि आवेदन निकालेको थियो। आवेदन दिइसकेपछि बढुवा हुन सकेको छैन। एसएसपीका लागि १२ जनाले आवेदन दिएका छन्। आवेदन दिनेहरू सिंस २ का एसपी हुन्।
त्यसो त सशस्त्र प्रहरी बलले जनशक्ति अभाव भएको भन्दै थप गर्नुपर्ने माग गर्दै आएको थियो। सरकारले उच्च प्राथमिकता दिएर सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बढाउँदै लगेको छ।
पछिल्ला केही महिनामा मात्र २५ स्थानमा सीमा निगरानी चौकी (बीओपी) स्थापना भइसकेका छ। झापा, बारा, दाङ, बर्दिया, दार्चुला लगायतका जिल्लामा थप बीओपी स्थापना गरिएको हो। तर अझै पनि जनशक्ति कम भएको प्रहरीको दाबी छ।
प्रहरीको दरबन्दी कम थपिए पनि आन्तरिक समायोजन गरेर महानिरीक्षक राजु अर्यालको पहलमा बढुवाको बाटो खुलेको प्रवक्ता एसएसपी बस्नेतले बताए।
‘१६ वर्षसम्म एउटै पोस्टमा बस्नुपर्ने बाध्यता थियो। आन्तरिक समायोजनको पहल भएपछि बढुवाको बाटो खुल्यो,’ एसएसपी खड्काले भने।