BIZMANDU
www.bizmandu.com

सेनाले बनाइरहेको फास्ट ट्रयाकको कामप्रति भौतिक पूर्वाधारमन्त्री ज्वाला असन्तुष्ट

२०८० साउन २६

सेनाले बनाइरहेको फास्ट ट्रयाकको कामप्रति भौतिक पूर्वाधारमन्त्री ज्वाला असन्तुष्ट
सेनाले बनाइरहेको फास्ट ट्रयाकको कामप्रति भौतिक पूर्वाधारमन्त्री ज्वाला असन्तुष्ट


काठमाडौं। नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं/तराई मधेश फास्ट ट्रयाकको कामप्रति भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले असन्तुष्टि जनाएका छन्।

Tata
GBIME
NLIC

उनले मन्त्रालयको प्रगति प्रतिवेदन समीक्षामा बोल्दै असन्तुष्टि जनाएका हुन्। ‘नेपाली सेनाबाट सडक निर्माणका क्षेत्रमा प्रशंसनीय कामहरु भइरहेका छन्। तर फास्ट ट्रयाकको काम किन प्रभावकारी हुन सकेन?,’ मन्त्री ज्वालाले भने।

राष्ट्रिय गौरवका आयोजना, रुपान्तरणकारी योजना र अन्य महत्वपूर्ण योजनाहरुलाई युद्धस्तरमा काम गर्न ज्वालाले निर्देशन समेत दिएका छन्।

वर्षौ पहिले निर्माणका काम थालिएका योजनाहरु पटकपटक म्याद थप्दा पनि नसकिँदा नागरिकमा गलत सन्देश गएको भन्दै मन्त्री ज्वालाले बताए।

‘अन्धाधुन्द काम गरेर मात्र हुँदैन। शक्तिशाली सिंहजस्तै दुई कदम अगाडि बढ्ने र एक पटक समीक्षा गर्ने नीति लिएर निर्माण कार्यमा लाग्न जरुरी छ,’ मन्त्री ज्वालाले भने, ‘प्रत्येक चौमासिकमा योजनाहरुको अनिवार्य समीक्षा गर्न चलन बसालौ। त्यसले आयोजनामा आएका समस्याको पहिचान र समाधानको उपाय दिन्छ।’