BIZMANDU
www.bizmandu.com

सीजी पोलिटेक्निकबाट ७३ युवाले पूरा गरे तालिम, उद्योगपति चौधरीले दिए प्राविधिक शिक्षामा जोड

२०८० साउन २६

सीजी पोलिटेक्निकबाट ७३ युवाले पूरा गरे तालिम, उद्योगपति चौधरीले दिए प्राविधिक शिक्षामा जोड
सीजी पोलिटेक्निकबाट ७३ युवाले पूरा गरे तालिम, उद्योगपति चौधरीले दिए प्राविधिक शिक्षामा जोड


काठमाडौं। नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित सीजी पोलिटेक्निकबाट ७३ युवाले ६ महिने प्राविधिक तालिम पूरा गरेका छन्। ३४ जनाले इलेक्ट्रिक र ३९ जनाले मेकानिकलको तालिम लिएका हुन्।

Tata
GBIME

तालिम पाउने युवाहरु प्रतापपुर र सुस्ता गाउँपालिका तथा बर्दघाट नगरपालिकाका हुन्। तालिम दिने पोलेटेक्निक उद्योगपति विनोद चौधरीको हो। उनले आफ्नो निर्वाचन क्षेत्रका युवालाई प्राविधिक शिक्षा दिने गरी पोलिटेक्निक सञ्चालनमा ल्याएका हुन्।

चौधरी गएको निर्वाचनमा नवलपरासी-१ बाट निर्वाचित भएका थिए। उनले निर्वाचनका बेला युवाहरुलाई स्वरोजगार बनाउन पोलिटेक्निक सञ्चालनमा ल्याउने घोषणा गरेका थिए। चुनावी प्रतिबद्धता अनुसार उनले पोलिटेक्निक सञ्चालनमा ल्याएका हुन्।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद चौधरीले युवाहरुलाई स्वरोजगार बनाउन सरकारले प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्‍नुपर्ने बताएका छन्।

इलेक्ट्रिक र मेकानिकल तालिम सम्पन्न गरेका युवालाई शुक्रबार प्रमाणपत्र प्रदान गर्दै उनले प्राविधिक शिक्षाले उद्यमशील बन्न प्रेरित गर्ने बताए। उनले भने, ‘देशभित्र रोजगारीका क्षेत्र सीमित छन्। युवाहरुले सहजै रोजगारी पाइरहेका छैनन्। त्यसैले उद्यमशीलता विकासका लागि प्रावधिक शिक्षामा जोड दिनुपर्छ।’