BIZMANDU
www.bizmandu.com

१०० किलो सुन प्रकरणमा रोहन अडुकिया पक्राउ, राजस्व अनुसन्धान विभागको जिम्मा लगाइयो

२०८० साउन २६

१०० किलो सुन प्रकरणमा रोहन अडुकिया पक्राउ, राजस्व अनुसन्धान विभागको जिम्मा लगाइयो
१०० किलो सुन प्रकरणमा रोहन अडुकिया पक्राउ, राजस्व अनुसन्धान विभागको जिम्मा लगाइयो

काठमाडौं। एक सय किलो सुन तस्करी गरेर ल्याएको घटनामा प्रहरीले रोहन अडुकियालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ।

Tata
GBIME

भारतबाट दिउँसो १ बजे नेपाल झरेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरीले प्रक्राउ गरेको हो। इन्डिको एयरबाट उनी नेपाल उत्रिएका थिए।

प्रहरीले पक्राउपछि थप अनुसन्धानका लागि भन्दै शुक्रबार नै राजस्व अनुसन्धान विभागको जिम्मा लगाइसकेको छ। सुन प्रकरणमा राजस्व अनुसन्धान विभागको पत्रको आधारमा अध्यागमन विभागले कालोसुचीमा राखेको थियो।

यद्यपी सुन काण्डको अनुसन्धान भने प्रहरीको केन्द्री अनुसन्धान ब्यूरो (सीआइबी) ले गरिरहेको छ।

रोहन अडुकियो भारतीय मुलका व्यवसायी राकेश अडुकियाका छोरा हुन्।