BIZMANDU
www.bizmandu.com

महिला औद्योगिक ग्राम बिस्तार गर्नुपर्नेमा अर्थमन्त्री महतको जोड, भने- सरकारले प्राथमिकता दिन्छ

२०८० साउन २६

महिला औद्योगिक ग्राम बिस्तार गर्नुपर्नेमा अर्थमन्त्री महतको जोड, भने- सरकारले प्राथमिकता दिन्छ
महिला औद्योगिक ग्राम बिस्तार गर्नुपर्नेमा अर्थमन्त्री महतको जोड, भने- सरकारले प्राथमिकता दिन्छ


काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला उद्यमी विशेष औद्योगिक ग्रामको सञ्जाल देशैभर विस्तार गर्न आवश्यक रहेको बताएका छन्। दक्षिण एसियाली महिला मञ्चले शुक्रबार गरेको कार्यक्रममा उनले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसकेको र यसको काम प्राथमिकताका साथ अघि बढाइने बताए।

Tata
GBIME
NLIC

‘महिला औद्योगिक पार्क निर्माणको काम अघि बढिसक्यो। यसलाई अब कसैले रोक्न सक्दैन’, उनले भने, ‘यसलाई प्रभावकारीरुपमा कार्यान्वयनमा लैजानुपर्छ। देशभर यसको सञ्जाल विस्तार गर्नुपर्छ।’

अहिले काभ्रेको पाँचखालमा देशकै पहिलो महिला उद्यमी विशेष औद्योगिक ग्राम निर्माण भइरहेको छ। जहाँ कृषि खाद्य क्षेत्रका साथै पर्यटन केन्द्रित ५० वटा साना उद्योग स्थापना गर्ने लक्ष्य छ।

मन्त्री महतले स्वदेशमै रोजगारी सिर्जना गर्न र उत्पादन वृद्धिमा जोड दिंदै यसका लागि औद्योगिक ग्रामबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे।