BIZMANDU
www.bizmandu.com

विद्युत बिक्री घटेपछि खस्कियो बुटवल पावरको नाफा, प्रतिसेयर आम्दानी ७.८४ रुपैयाँ

२०८० साउन २६

विद्युत बिक्री घटेपछि खस्कियो बुटवल पावरको नाफा, प्रतिसेयर आम्दानी ७.८४ रुपैयाँ
विद्युत बिक्री घटेपछि खस्कियो बुटवल पावरको नाफा, प्रतिसेयर आम्दानी ७.८४ रुपैयाँ


काठमाडौं। विद्युत बिक्री घटेपछि बुटवल पावर कम्पनीको नाफा पनि प्रभावित भएको छ। कम्पनीले गत आर्थिक वर्ष २६ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन पोहोरभन्दा २.४९ प्रतिशत कम हो।

Tata
GBIME
NLIC

कम्पनीको विद्युत बिक्री ६.५३ प्रतिशत खुम्चिएको छ। गत आर्थिक वर्ष कम्पनीले विद्युत बिक्रीबाट ७२ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष उसले ७७ करोड ५० लाख रुपैयाँको बिजुली बेचेको थियो।

ब्याजदर कम हुँदै गएकाले ब्याज भुक्तानी रकम घटेको छ। पोहोर १ करोड २८ लाख भुक्तानी गरेको कम्पनीले यसपालि १ करोड १४ लाख मात्रै ब्याज तिर्नुपरेको छ। कम्पनीले बैंकको मुद्दतीमा राखेको रकमबाट १ करोड आम्दानी भएको छ। 

३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीको जगेडा र अवितरित नाफा कोषमा ३ अर्ब ५८ करोड २८ लाख रुपैयाँ छ। कम्पनीको प्रतिसेयर आम्दानी ७.८४ रुपैयाँमा झरेकाे छ। प्रतिसेयर नेटवर्थ पनि २०५.१ रुपैयाँ छ।

बुटवल पावरले काबेली ए, न्यादी हाइड्रो, मुगु कर्णाली, चिनो खोला हाइड्रो र मर्स्याङ्दी क्यासकेड गरी पाँचवटा आयोजना सञ्चालन गरिरहेको छ। जसमध्ये ३० मेगावाटको न्यादी हाइड्रोले व्यावसायिक उत्पादन सुरु गरिसकेको छ।

३७.६ मेगावाटको काबेली ए, १७४ मेगावाटको मुगु कर्णाली, ७.९ मेगावाटको चिनो खोला र ६०१.२ मेगावाटका तीनवटा आयोजना हुने मर्स्याङ्दी क्यासकेड अध्ययन र निर्माणको चरणमा छन्।