BIZMANDU
www.bizmandu.com

दोलखाबाट काठमाडौं आउँदै गरेको बस गोपीखोलामा दुर्घटना, १५ जना घाइते

२०८० साउन २६

दोलखाबाट काठमाडौं आउँदै गरेको बस गोपीखोलामा दुर्घटना, १५ जना घाइते
दोलखाबाट काठमाडौं आउँदै गरेको बस गोपीखोलामा दुर्घटना, १५ जना घाइते

काठमाडौं । दोलखाको वैत्यश्वर गाउँपालिकामा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। वैत्यश्वर-१ गैरीमुदी जोरमानेबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको हो।

Tata
GBIME

शुक्रवार बिहान ९ बजे बा २ ख ५४२९ नम्बरको गाडी गोपीखोला भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनाका १५ जनाभन्दा घाइतेलाई उद्दार गरि चरिकोट अस्पतालमा उपचारका लागि पठाइएको छ।

बस सडकबाट करिब ५० मिटर तल खसेको थियो। लगत्तै प्रहरी र स्थानीय उद्दारमा खटेका थिए।