BIZMANDU
www.bizmandu.com

थप ४ जना डाक्टर समातिए, नक्कली शैक्षिक प्रमाणपत्र भएको आरोप

२०८० साउन २५

थप ४ जना डाक्टर समातिए, नक्कली शैक्षिक प्रमाणपत्र भएको आरोप
थप ४ जना डाक्टर समातिए, नक्कली शैक्षिक प्रमाणपत्र भएको आरोप

काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्र भएको आरोपमा प्रहरीले थप चार जना डाक्टर पक्राउ गरेको छ।

Tata
GBIME
NLIC

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिहीबार डाक्टर रञ्जित यादव, अमित चौधरी, एलिना साह र रामबाबु यादवलाई पक्राउ गरेको हो। बिहीबार नै ब्यूरोले नेपाली कांग्रेसका सांसद समेत रहेका सुनिल शर्मालाई पक्राउ गरेको थियो।

अपरेसन ‘ फक्सट्रट चार्ली’ नाम दिएर प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र भएका डाक्टरमाथि निगरानी थालेको हो।

२०७३ मा पनि ब्यूरोले क्वाक अपरेसनमा ३६ जना डाक्टरलाई पक्राउ गरेको थियो। उनीहरुमाथि अदालतमा मुद्दा दायर गरेको थियो।