BIZMANDU
www.bizmandu.com

भरतपुरमा डेंगु परीक्षणमा मनपरी शुल्क लिन स्वास्थ्य संस्थालाई रोक, महानगरले तोक्यो ६०० रुपैयाँ

२०८० साउन २५

भरतपुरमा डेंगु परीक्षणमा मनपरी शुल्क लिन स्वास्थ्य संस्थालाई रोक, महानगरले तोक्यो ६०० रुपैयाँ
भरतपुरमा डेंगु परीक्षणमा मनपरी शुल्क लिन स्वास्थ्य संस्थालाई रोक, महानगरले तोक्यो ६०० रुपैयाँ

काठमाडौं । भरतपुर महानगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाले डेंगु परीक्षणमा मनपरी शुल्क लिन थालेपछि भरतपुर महानगरपालिकाले शुल्क तोकेको छ।

Tata
GBIME

डेंगु परीक्षणका लागि महानगरले आधिकतम ६०० रुपैयाँ तोकिएको हो।

महानगर प्रमुख रेनु दाहालले शुल्कमा एकरूपता गराउन र  नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन शुल्क तोकिएको बताइन्।

उनले महानगरका सम्बन्धित सबै स्वास्थ्य संस्थालाई समयमै रिपोर्ट दिनसमेत अनुरोध गरेकी छिन्।

जिल्लाका प्रदेशस्तरका स्वास्थ्य संस्थामा भने डेंगु परीक्षण निःशुल्क हुने गरेको छ। भरतपुर अस्पतालले भने ८०० रुपैयाँ लिँदै आएकोमा अबबाट ६०० रुपैयाँमात्र लिने जनाएको छ।

पछिल्लो समय चितवनमा डेंगु रोगको संक्रमण बढ्दै गएको छ।  साउनयता जिल्लामा ५२ जनामा उक्त संक्रमण पुष्टि भइसकेको छ।