BIZMANDU
www.bizmandu.com

बानेश्वरमा ट्याक्सी चालकहरु फेरि उत्रिए प्रदर्शनमा, सडकका दुवै किनारमा तेर्साए गाडी

२०८० साउन २५

बानेश्वरमा ट्याक्सी चालकहरु फेरि उत्रिए प्रदर्शनमा, सडकका दुवै किनारमा तेर्साए गाडी
Taxi drivers protest outside the Department of transport manangent office at Minbhawan, Kathmandu, Nepal on Thursday 10 August 2023.


काठमाडौं। ट्याक्सी चालकहरुले विभिन्‍न माग राख्दै आज विरोध प्रदर्शन गरेका छन्। नयाँ बानेश्‍वरस्थित यातायात व्यवस्था विभागअगाडि सडकमा ट्याक्सी तेर्साएर उनीहरुले प्रदर्शन गरेका हुन्।

Tata
GBIME
NLIC

ट्याक्सी चालकहरुले राइड सेयरिङ एपबाट निजी गाडीलाई सार्वजनिक यातायातको रुपमा प्रयोग गर्न रोक लगाउनु पर्ने माग गरेका छन्। यस्तै, भारतीय गाडीलाई नेपालमा निषेध गर्नुपर्ने, अंग्रेजी इम्बोस्ड प्लेट खारेज गर्नुपर्ने, गाडीको भन्सारमा छुट दिनुपर्ने लगायतका माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन्।

ट्याक्सी चालकहरुको प्रदर्शनका कारण बानेश्‍वर क्षेत्रमा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो। यसअघि पनि ट्याक्सी चालकहरु विभिन्‍न माग राखेर प्रदर्शनमा उत्रिएका थिए।