BIZMANDU
www.bizmandu.com

अरुण काबेली पावरले भदौ ८ गतेदेखि एक अर्ब ८५ करोडको हकप्रद सेयर बिक्री गर्ने

२०८० साउन २५

अरुण काबेली पावरले भदौ ८ गतेदेखि एक अर्ब ८५ करोडको हकप्रद सेयर बिक्री गर्ने
अरुण काबेली पावरले भदौ ८ गतेदेखि एक अर्ब ८५ करोडको हकप्रद सेयर बिक्री गर्ने


काठमाडौं। अरुण काबेली पावर लिमिटेडले भदौ ८ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने भएको छ। कम्पनीले कायम चुक्ता पुँजी एक अर्ब ८५ करोड बराबर हकप्रद निष्कासन गर्न लागेको हो।

Tata
GBIME

१:१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने कम्पनीले जनाएको छ। जसअनुसार प्रत्येक एक कित्ता हुने सेयरधनीले एक कित्ता हकप्रदको लागि आवेदन दिन पाउनेछन्।

कम्पनीले १०० रुपैयाँका दरले एक करोड ८५ लाख ५२ हजार १०५ कित्ता बिक्री गर्ने जनाएको छ। हकप्रदमा आवेदन दिने अन्तिम दिन भदौ २८ गते हो।

हकप्रदको रकम कम्पनीले काबेली ‘बी’ १ निर्माणका लागि बैंकबाट लिएको आशंकी कर्जा भुक्तानी गर्न प्रयोग गर्नेछ। आयोजनाका लागि कुल ३ अर्ब ६० करोड कर्जा लिएको थियो। अझै ३ अर्ब १० करोड दीर्घकालीन कर्जा तिर्न बाँकी छ।

निष्कासन हुने एक अर्ब ८५ करोड हकप्रदबाट सो ऋणको ६५.५२ रुपैयाँ भुक्तनी गर्ने कम्पनी जनाएको छ। आयोजनाले पछिल्लो चार वर्षदेखि व्यावसायिक उत्पादन थालिसकेको छ।

कम्पनीको सहायक काबेली इनर्जी लिमिटेडले निर्माण गर्ने काबेली ‘ए’ आयोजनामा पनि रकमागनी गर्ने तयारी छ। १ अर्ब २० करोड रकमको पुँजी सो आयोजनामा लगानी हुनेछ। यो काबेली ‘ए’ १ को दोस्रो क्यासकेड आयोजना हुनेछ।